१.८५ अंकले बढ्याे सेयर बजार


काठमाडौं – सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो ।

२०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कमी हो ।

आइतबार २ अर्ब माथि र सोमबार करिब पौने २ अर्बको कारोबार भएको थियो । तर, मंगलबार कारोबार रकममा ओरालो लागेको सेयर बजारमा ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच भएको छ ।

१८६ कम्पनीको सेयर कारोबार हुँदा १०४ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्ये स्थिर छ।

प्रतिक्रिया