नेप्से परिसूचक २.८६ अंकले वृद्धि, १ अर्ब ५२ करोड रुपैयाँकाे काराेबार


काठमाडौं – बुधवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । बुधबार नेप्से सूचक २.८६ विन्दुले बढेर २०५७.८४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ ।

बुधबार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ७९ हजार ७०५ कित्ता शेयर १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१७ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक देखिएका छन् । जसमा ६ उपसमूहको सूचक भने नकारात्मक देखिएका छन् ।

बुधवार सामान्य अंकले नेप्से बढेसँगै मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको ९.९९ प्रतिशत, रुरु जलविद्युतको ५.८६ प्रतिशत, अरुण कावेली हाइड्रोपावरको ५.२५ प्रतिशतले बढेको छ ।

यता गोर्खाज फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ । आजन अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै १६ करोड ९२ लाख रुपैयाँका शेयर कारोबार भएको छ ।

प्रतिक्रिया