निफः चलचित्रमा अस्वस्थ प्रतिस्पर्धा भएकामा चिन्ता

काठमाडौं – नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको तेस्रो दिन चलचित्र निर्माता एवं निर्देशक प्रताप सुव्बाले चलचित्र क्षेत्रका अनुभव सुनाएका छन्।

परालको आगो, बाँच्न चाहने जस्ता चलेका चलचित्रको निर्माण गरेका सुब्बाले त्यस समयको चलचित्र जगतकाे दुःख सुनाए।

आफूले त्यस बेलामा सीमित श्रमशक्ति, पूँजी, प्रविधिका अभावका बीचमा पनि धेरै कलाकारको विकास गर्न सफल भएको उनले बताए । चलचित्र जगत्बाट पैसा कमाउनुभन्दा पनि विकास र विस्तार गर्ने नै मुख्य उद्देश्य रहेको बताए।

पहिले चलचित्रबीच स्वस्थ प्रतिस्पर्धा भएको र राम्रा चलचित्र निर्माण गरिए पनि अचेल अस्वस्थ प्रतिस्पर्धा भई अनावश्यक राजनैतिक हस्तक्षेप हुने गरेको बताए। त्यस बेला नेपाली समाजका मौलिक चलचित्र निर्माण हुने गरेकामा आजकाल विकृति आएकामा उनले चिन्ता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *