अनिशा श्रेष्ठ बनिन् मिस नेसन नेपाल २०२२

काठमाडौं – मिस नेसन नेपाल २०२२ को उपाधि अनिशा श्रेष्ठ बनेकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद रु. १ लाख पुरस्कार पाएकी हुन । प्रतियोगितामा फ्रस्ट रनर अप पूर्णिमा प्रजापति र सेकेन्ड रनर अप दा लामु शेर्पा भएकी छन् ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले गमलामा पानी हालेर कार्यक्रमको सुरुवात गरेका थिए । सजिलो पे ले प्रायोजन गरेको मिस नेसन नेपाल २०२२ को निर्णायक मण्डलमा धुर्व बुढाथोकी, ज्वाला राज पोख्रेल, सुमित राणा, स्मारिका शर्मा रहेका थिए ।

मिस नेसन नेपालको यो पहिलो संस्करण हो । आयोजकको अनुसार हरेक वर्ष मिस नेसन नेपाल सञ्चालन गरेर महिलाहरूलाई शृङ्गार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाउने लक्ष्य राखेको बताए ।

यस्तै प्रतियोगितामा भिवोर्स चोइस पेमा शेर्पा, बेस्ट वाल्क पूर्णिमा प्रजापति, मिस फ्रेन्डली मरिना ढुङ्गेल,मिस कन्फिदेन्स श्वेता शर्मा, मिस त्यालेन्ट कोमल पौडेल, मिस मल्टिमिडिया आरती सर्अ‍ाफ, मिस डिसिप्लिन अन्जु थामी, बेस्ट पर्सनालिटी सङ्गम बस्नेत, मिस फोटोजेनिक मनिला राणालाई उपाधिसमेत दिइएको थियो ।

कार्यक्रम थापाथली स्थित ब्लुबर्ड मलमा आयोजना गरिएको थियो भने शो कोरियोग्राफर सुजित बस्यालले गरेका थिए । कार्यक्रम सञ्चालन रोहित भट्टले गरेका हुन । विभिन्न फेशन डिजाइनरहरूले तयार पारेको पहिरनहरूमा सहभागीहरू स्टेजमा उत्रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *