कोरोना भाइरस : थप २ सय जनामा संक्रमण पुष्टि, २ जनाकाे मृत्यु


काठमाडाैं – पछिल्लो २४ घण्टामा दुई सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय ३७ जनाको नमुना परीक्षण गर्दा दुई सय जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा तीन सय ३९ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६ सय ४२ जनामा झरेको छ । २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

यस्तै थप दुई लाख ९७ हजार एक सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया