समस्या देखिएपछि मुस्ताङका लागि उडेको समिट एयर पुनः पोखरा फिर्ता


कास्की – पोखराबाट मुस्ताङको जोमसोमसम्मका लागि उडान भरेको समिट एयर पुन: पोखरा नै फर्किएको छ ।

आइतबार बिहान ७ बजेट ५९ मिनेटमा पोखराबाट जोमसोमका लागि उडान भएको हवाई ८ बजेर ६ मिनेट जाँदा पोखरा विमानस्थलमा नै अवतरण गरेको पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।

हवाईको इन्डिकेटरमा समस्या देखिएको उनले बताए । उनका अनुसार पाइलटले समस्या आएपछि उडान गर्न नसकिने र फर्कनका लागि पोखराको कन्ट्रोल टावरलाई जानकारी गराएका थिए ।

सूचना अधिकारी सुवेदीले हवाई पोखरा भ्यालीमै रहेकाले सामान्य रुपमै ल्यान्ड गरेको बताए । पोखराबाट मुस्ताङका लागि उडेको उक्त विमानमा १८ जना यात्रु रहेका थिए ।

प्रतिक्रिया