प्रभु बैंककाे चाडपर्व लक्षित याेजना: ‘रेमिट्यान्स पठाउँ, उच्च ब्याज कमाउँ’

काठमाडौं – प्रभु बैंक लिमिटेडल दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘रेमिट्यान्स पठाउँ, उच्च ब्याज कमाउँ’ योजना ल्याएको छ।

विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा प्रभु उन्नति मुद्दति खातामा वार्षिक १५.१३ प्रतिशत र प्रभु उन्नति बचत खातामा वार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ।

उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन सहयोग पुग्ने र यसबाट देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैकले लिएको छ।

यो योजना आगामी असोज ०१, २०७९ देखि लागु हुने बैंकले शुक्रबार जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *