दक्षिण कोरियामा ४१ हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

 

साेल – दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात मङ्गलबार मध्यरातिसम्ममा ४१ हजार दुईसय ८६ कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन्।

यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ४५ लाख दुई हजार नौ सय ६८ जना पुगेको स्वास्थ्य अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा ३ जनाले घटेर ४९४ पुगेको छ।

सङ्क्रमणको कारण ५९ जनाको मृत्यु भएको पुष्टि भएको छ। यसैसँगै मृतकको सङ्ख्या २७ हजार नौ सय ५० पुगेको छ। कुल मृत्यु दर ०।११ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *