गुडिरहेको ट्रयाक्टरबाट खसेर युवकको मृत्यु

हेटौंडा – मकवानपुरमा गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बकैया गाउँपालिका-५ तीनतल्ले निवासी २३ वर्षका सुमन लो रहेका छन्।

शुक्रबार बिहान पौने ११ बजे धरानचतरा सडकखण्ड हुँदै हेटौंडाबाट जुरेलीतर्फ जाँदै गरेको ना ७ त ५०७२ नम्बरको खाली ट्रयाक्टरबाट खसेर लो गम्भीर घाइते भएका थिए।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल ल्याइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवम् प्रवक्ता रामचन्द्र घिमिरले जानकारी दिए।

उनको पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *