कोरोना भाइरस : थप १५ जनामा संक्रमण पुष्टि, ८ निको

काठमाडौं – थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरबाट १५४८ नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८८७ र एन्टिजेनबाट ६६१ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप ८ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ५७७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *