वरिष्ठ पाइलट लामाको नाम उडानको रोष्टरबाट हटाइयो


काठमाडौं – विमान आकाशमै उडिरहँदा अन्तर्वार्ता दिएपछि नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामालाई उडानमा रोक लगाइएको छ ।

विदेशी भ्लगर साम चुईलाई विमान उडाइरहेकै समयमा ककपिटबाट नै लामाले भिडियो अन्तर्वार्ता दिएका थिए । यसरी अनुमतिबिना ककपिटमा चालक दलका सदस्य बाहेक अन्य व्यक्तिको प्रवेश निषेधित हुन्छ ।

तर, कारण स्पष्ट पार्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमति लिएर मात्र पाइलटले फोटो वा भिडियो खिच्न सक्छन् । विजय लामाले भने एभिएसन भ्लगर साम चुईलाई अनुमतिबिना नै भिडियो अन्तर्वार्ता दिएपछि उनी छानविनमा तानिएका हुन् ।

छानविन प्रतिवेदन नआएसम्म उनको नाम उडानको रोष्टरबाट हटाइएको छ ।

प्रतिक्रिया