ज्याकलिनले धरौटीमा पाइन् जमानत


काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई दिल्लीको पटियाला हाउस कोर्टले जमानत दिएको छ ।

एडिशनल सेशन न्यायाधीश शैलेन्द्र मलिकले ज्याकलिनलाई २०० करोड भारुको सम्पत्ति शुद्धीकरण मुद्दामा २ लाख रुपैयाँ धरौटीमा जमानत दिएका हुन् ।

३७ वर्षीया अभिनेत्रीविरुद्ध प्रवर्तन निर्देशनालयले अनुसन्धान गरिरहेको छ । ज्याकलिनमाथि आर्थिक अनियमितताको आरोप छ । उनीमाथि सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको र मनी लान्ड्रिङ गरेको आरोप लागेको छ ।

प्रतिक्रिया