थप दुई जना डेंगु संक्रमितको मृत्यु,


काठमाडौं – पछिल्लो २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा दुई जना डेंगुसंक्रमितको मृत्यु भएको हो ।

योसँगै नेपालमा मृत्यु हुने डेंगु सङ्क्रमितको सङ्ख्या ६२ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० दिनमा १३ सय ९५ डेंगु सङ्क्रमित थपिएसँगै अहिलेसम्म ७७ जिल्लाबाट ५३ हजार ९५१ जना डेंगुबाट सङ्क्रमण पुष्टि भएको छ ।

डेंगु भाइरस संक्रमितको एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो भाइरस जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्ने गर्छ।

प्रतिक्रिया