सेयर बजारमा २७ अंकले गिरावट

काठमाडाैं – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक २७.५४ अंकले घटेर एक हजार आठ सय ५५.०६ बिन्दुमा कायम भएको छ। त्यसैगरी, सेन्सेटिभ इन्डेक्स ५.२२, फ्लोट इन्डेक्स १.८७ तथा सेन्सेटिभ फ्लोट इन्डेकस १.६५ अंकले घटेको छ।

आज दुई सय ५० वटा कम्पनीको ३७ लाख ७८ हजार नाै सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १५ करोड ७१ लाख ५५ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

आज नेप्सेका सबै समूहको उपसूचकमा गिरावट आएको छ। सबैभन्दा धेरै विकास बैंक समूह ६८.८७, निर्जीवन बिमा समूह ६७.०८ र लघुवित्त समूह ५६.२६ अंकले घटेको छ। यसैगरी वित्त समूह ४३.९३, जलविद्युत् समूह ४०.५३ र जीवन बिमा समूह ४०.३६ अंकले घटेको छ।

आज सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर ९.९९ प्रतिशतले बढ्दा रुरु जलविद्युत् परियोजना लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *