भिडभाड बढेपछि बैंकहरुमा अब ४ बजे सम्म कारोबार हुने

काठमाडौं – भिडभाड बढेपछि बैंकहरुका शाखाहरु खोल्ने समय पबिर्तन भएको छ । निषेधाज्ञामा पनि भिडभाड बढेपछि नेपाल बैंकर्स संघले राष्ट्र बैंकको सहमतिमा शाखाहरु ३-४ बजेसम्म पनि खोल्न सदस्य बैंकहरुलाई भनेको छ।

राष्ट्र बैंकले कर्पोरेट कार्यालय एक चौथाइ कर्मचारीबाट मात्र चलाउन भनेको छ। शाखाका बारेमा केही पनि भनेको छैन। शाखाहरु अहिले पनि ४ देखि ६/७ कर्मचारीबाट चलिरहेका छन्। कर्मचारी थपेर चलाउँदा पनि भिडभाड कम नभएपछि शाखा थप्न पनि संघले भनेको छ।

अहिले कतिपय बैंकहरुले भिडभाड बढेपछि खुल्ने शाखा बढाएका छन्। कम हुँदा भिडभाड हुने भयो। त्यसलाई ब्यवस्थापन गर्नका लागि अन्य शाखा पनि खोल्न थालेका छौं बैंकर्स संघका अध्यक्ष भुवन दहालले भने, सेवा समय बढाउन पनि भनेका छौं।

बैंकको प्रकृति अनुसार भिडभाड देखिएको छ। कतिपय बैंकका शाखा खाली÷खाली छन् भने कतिपयको बाहिर लामो लाइन छ। उपत्यकामा २५ शाखा हुनेले १२/१३ वटा मात्रै खोल्दै आएका थिए। भिडभाड बढेपछि २० वटासम्म खोल्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *