पब्लिक लिमिटेड कम्पनीमा जाँदै क्लासिक टेक प्रालि


काठमाडाैं – देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरिरहेको छ । कम्पनीले पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

कम्पनी पब्लिक लिमिटेडमा रूपान्तरण भएपछि सर्वसाधारणका लागि शेयर जारी गर्नेछ । क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो । अहिलेसम्म ७४ जिल्लाका एक सय छ आउटलेट तथा शाखाबाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले अन्य विभिन्न ठाउँमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । यससँगै कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा दुई हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष राेजगारी प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया