लगातार २ दिन बढेको नेप्से १२ अंकको गिरावट

काठमाडौं – लगातार दुई दिन उच्च अंकले बढेको सेयर बजार आज बुधबार फेरि घटेको छ। सोमबार ५६ र मंगलबार ५९ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज भने ११ दशमलव ८१ अंकले घटेर एक हजार नौ सय ७२ दशमलव १५ बिन्दुमा झरेको छ।

आज फाइनान्स, जलविद्युत्, बिमा र म्युचल फन्ड समूहबाहेक सबै समूहको सेयर घटेको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। आज दुई सय ५७ कम्पनीका ६५ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएका छ।

आज सबैभन्दा धेरै नबिल बैंकको आठ करोड ८५ लाख रुपैयाँबराबरको सयर किनबेच भएको छ।

समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्सुरेन्स, धौलागरिरि लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ भने माहुली लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *