साइतमै बालुवाटार सरे प्रधानमन्त्री
काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन् ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास छाडेपछि प्रचण्ड बालुवाटार सरेका हुन् ।
ज्योतिष टीकाराम घिमिरले दिएको साइतमै प्रचण्ड सरकारी निवास बालुवाटार सरेका हुन्।
अर्कातिर बूढानीलकण्ठस्थित घर मर्मत भइरहेकाले देउवा भाडाको घर खोजेर बुधबार बिहान मात्र बालुवाटारबाट धुम्बाराहीमा सरेका हुन् । देउवा पनि घिमिरेले दिएकै साइतमा धुम्बाराही सरेका थिए ।