नाम्चे क्षेत्रमा दुई दिनदेखि हिमपात, लुक्लामा उडान ठप्प

सोलुखुम्बु – सोलुखुम्बुको नाम्चेसहितका क्षेत्रमा यस वर्षको पहिलो पटक हिमपात भएको छ। खुम्बुको सबै तिरबाट कुहिरोले ठप्पकै घेरिएको छ भने मौसम प्रतिकुलताका कारण दुई दिन यता कुनै पनि जहाजले उडान भर्न नसकेको स्थानीयले बताए।

उहाजको उडान ठप्प हुँदा लुक्लाबाट चिसो छल्न काठमाडाैं जाने यात्रुहरु मौसम अनुकुलताको पर्खाइमा रहेका छन्।

जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नाम्चेसहित खुम्जुङ, त्याङबोचे, फेरुचे लगायतको क्षेत्रमा शुक्रबारबाटै सामान्य हिमपात सुरु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ।

कार्यालयका अनुसार हिजो बिहानबाट सुरु भएको हिमपात अहिले पनि जारी रहेको छ। हिमपातसँगै खुम्बुमा अत्यधिक चिसोको महसुस गरिएको स्थानीयले बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *