काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै बढी चिसो

काठमाडाैं – काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै शनिबार बढी चिसो महसुस गरिएको छ।

उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ। काठमाडौं उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो।

गत बिहीबार तापक्रम ३ डिग्री सेल्सियस थियो। त्यसयता यस वर्षअन्तर्गत अहिलेसम्मकै कम न्यूनतम तापक्रम आज २.५ डिग्री सेल्सियस देखिएको हो।

मौसम पूर्वानुमान महाशाखाले देशभर दैनिक रूपमा क्रमशः चिसो बढ्ने र तापक्रम घट्ने क्रम जारी रहने जनाएकाे छ। यस्तै महाशाखाले चिसाेबाट जाेगिन सबैलाई अनुराेध पनि गरेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *