कोरोना भाइरस : थपिए ५ संक्रमित, २ जना निको


काठमाडौं – थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १९५१ नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६७८ र एन्टीजेनबाट १२७३ जनाको परीक्षण गर्दा ५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा २ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २४ पुगेको छ

प्रतिक्रिया