कोरोना भाइरस : थप १ जनामा संक्रमण पुष्टि, ४ जना संक्रमित निको

काठमाडौं – थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ६७४ नमूना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६७४ जनाको परीक्षण गर्दा एक नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *