‘अकाउन्ट ह्याक’ गरी रकम ठगी गरेको आरोप युवक पक्राउ
काठमाडौं – नेपाल प्रहरीको साइबर ब्यूरोले अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल ह्याक गरी रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१९ लामाचौर स्थायी घर भएका २३ वर्षीय आशिष परियार रहेका छन् । उनलाई साइबर ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट २ दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको साइबर ब्यूरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताए ।