दक्षिणी नाइजेरियामा तेलको पाइपलाइन विष्फोट, १२ जनाको मृत्यु


काठमाडौं – नाइजेरियाको दक्षिणी राज्य रिभर्समा तेलको पाइपलाइन विष्फोटमा शुक्रबार बिहान कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नदीको इमुओहा स्थानीय सरकारी क्षेत्रको रुमुएक्पे समुदायमा स्थानीय बासिन्दाहरूले पाइपलाइनबाट तेल निकाल्ने क्रममा विष्फोट भएको रिभर्सका प्रहरी प्रवक्ता ग्रेस इरिन्गे–कोकोले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।

अहिलेसम्म सो घटनामा कम्तिमा १२ जना जलेर मृत्यु भएको विश्वास गरिएको छ । यद्यपि पीडितहरूको परिचय भने खुल्न सकेको छैन । यसै बीच स्थानीयवासीले पाइपलाइनबाट इन्धन निकाल्न प्रयोग गर्ने पाँच वटा सवारीसाधन र चार वटा ट्राइसाइकल विष्फोट भएको ठाउँमा जलेर खरानी भएको पनि प्रहरी प्रवक्ताले बताए ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार उक्त घटना शुक्रबार बिहानै पाइपलाइनबाट सिफन गरिएको कच्चा तेलले भरिएको बस सो क्षेत्रको अवैध रिफाइनिङ प्वाइन्टतर्फ जाने क्रममा आगोमा परेको थियो र सो दुर्घटना भएको थियो । नाइजेरियामा तेलका पाइपलाइन तोडफोड र तेल चोरी बारम्बार दोहोरिरहने घटनाहरू हुन् । एजेन्सी

प्रतिक्रिया