६ तलामाथिबाट खसेर माधव नेपालका भाइ सरोजको निधन


काठमाडौं – एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।

उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो ।

सिभिलबाट थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएपछि सरोजको निधन भएको माधव नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिए । घटनाबारे छानबिन भइरहेको नयाँ बानेश्वर वृत्तका डीएसपी निशान्त श्रीवास्तवले बताएका छन् ।

पेशाले इन्जिनियर समेत रहेका उपाध्याय नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पनि थिए । उपाध्याय लडेपछि घाइते अवस्थामा दुई युवकले सुरुमा सिभिल अस्पताल लगेका थिए ।

प्रतिक्रिया