सेयर बजारमा देखिएन सुधार, कारोबार रकम १ अर्ब १४ करोड मात्रै

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ। अघिल्लो कारोबार दिन बुधबार १४.४४ अंकले घटेको नेप्से आज ५.३२ अंकले घटेको हो।

नेप्से निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरू हेर र पर्खको अवस्थामा रहेका छन्। बजारले गति लिन नसकेपछि लगानीकर्तामा निराश छाएको छ।

सेन्सेटिभ इण्डेक्स ०.५२ अंकले घटेर ३६४.७८ विन्दुमा अडिएको छ। सामान्य अंकले ओरालो लागेको सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको भयो।

युनिक नेपाल लघुवित्त वित्तीय र शुभम् पावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यसदिन २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता सेयर १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँमा खरिदबिक्री भयो।

यसदिन कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रह्यो। सो बैंकको ४ करोड ९४ लाख ९२ हजार ६१९ रूपैयाँको सेयर खरिदबिक्री भयो।

यसैगरी नविल बैंकको ३ करोड ९६ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ८३ लाख मूल्य बराबरको सेयर किनबेच भयो। आज कारोबार आएका १३ उपसमूहमध्ये ४ को मूल्य बढ्यो भने ९ को घट्यो।

हाइड्रो पावर,इन्भेस्टमेन्ट,अदर्श र ट्रेडिङ उपसमूहको सूचक बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *