दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ४१ करोडको कारोबार

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज सेयर बजार दोहोरो अंकले ओरालो लागेर बन्द भएको छ। साताभर उचारचढावमा रहेको नेप्से यसदिन १८.१५ अंकले घटेर १९१५.१४ विन्दुमा बन्द भएको हो।

सेन्सेटिभ इण्डेक्स २.९० अंकले घटेर ३६१.०१ विन्‍दुमा झरेको छ। यसदिन २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८०२ रूपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो कारोबार दिन बुधबार १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको सेयर कारोबार भएको थियो। दोहोरो अंकले ओरालो लागेको सेयर बजारमा दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

माया खोला हाइड्रोपावरको मूल्य १० प्रतिशत र एसियन हाइड्रोपावरको ९.९७ प्रतिशतले मूल्य बढेको हो। कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको २१ करोड ७४ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भयो।

सिद्धार्थ बैंक ८ करोडको सेयर कारोबार गरी दोस्रोमा र हिमालयन डिस्टिलरी ४ करोड बढिको कारोबार गरी तेस्रो स्थानमा रह्यो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक घटेका छन्। आज ट्रेडिङ उपसमूहको सूचक सर्वाधिक ३.०५ प्रतिशतले घट‍्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *