नेपाली कांग्रेस चितवनको सभापतिमा खनाल विजयी


काठमाडाैं – नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी भएका छन् । दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी स्वतः विजयी भएका हुन् ।

पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका खनाल र श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भनिए पनि श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी विजयी भएका हुन् । अन्य पदको मतगणना हुन बाँकी रहेको छ ।

प्रतिक्रिया