‘कांग्रेसले राष्ट्र अहित हुने कुनै सम्झौता गर्दैन’


काठमाडाैं – नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले स्थानीय निर्वाचन काे परिणाम पछि झस्किएर गठबन्धन फुटाउने प्रयास सुरु भएकाे बताएका छन्। गठबन्धन केका लागि थियाे किन थियाे भन्ने कुरा प्रमाणित हुँदै आएकाे छ भन्दै संविधान माथि पटकपटक प्रहार भएकाले कांग्रेस नेत्रित्वमा जारी भएकाे संविधान जाेगाउन परिस्थितिले गठबन्धनमा जान परेकाे बताएका छन् ।

उनले भने, ‘कांग्रेसका केही जित्ने साथीहरुले गठबन्धनका कारण अवसर नपाए पनि व्यवस्था जाेगाउन गठबन्धन जान परेकाे र स्थानीय निर्वाचनको नतिजाले कांग्रेस पहिलो पार्टी बनेकाे भन्दै आगामी निर्वाचनमा अझै मेहनत गरेर ठूलाे पार्टी बनाउन जन्तामा पर्छ ।’

काभ्रेकाे बनेपामा नेपाली कांग्रेस बनेपा नगर समितिले आज  आयाेजना गरेकाे बधाई शुभकामना कार्यक्रममा सहभागी हुँदै नेता सिंहले अहिले आएर एसपिपिका विषयमा हुदै नभएकाे विषय उचालेर कांग्रेस माथि प्रहार भैरहेकाे धारणा राखे । विपक्षी दलले आफु सतामा हुदा पत्र लेख्ने अनि एसपिपिकाे नाममा गठबन्धन फुटाउन सकिन्छ कि भनेर प्रयास गरेकाे समेत बताए ।

कांग्रेसले राष्ट्र अहित हुने कुनै सम्झौता नगर्ने भन्दै प्रधानमन्त्रीले पटक पटक आफू राष्ट्रकाे अहित हुने कुनै पनि सम्झाै गर्दिन भनिरहदा समेत हैन याे सम्झौता भएकै छ भन्नू अनि नियाेजित तरिकाले १० बुदे ड्राफ्ट सार्वजनिक गर्नुले विपक्षी दल आफैँ फसिसकेकाे बताए । जुन पार्टीले लाेकतन्त्रका लागि याेगदान गर्छ उही पार्टीले मुलुक र जनताकाे अहित हुने काम गर्छ भनेर आराेप लगाउनु असाेभनिय हुने समेत बताए ।

कांग्रेसले मात्रै मुलुककाे हित गर्न सक्ने भन्दै कांग्रेस भित्रकाे आन्तरिक एकता बलियाे भएमात्र लाेकतन्त्र बलियाे हुने भन्दै पार्टी भित्र एकता कायम राखेर विधि पद्धतिमा कांग्रेस संचालन गर्न सबैकाे ध्यान केन्द्रित गर्नु पर्ने बताए । निर्वाचित जन प्रतिनिधिले पार्टी कमिटीसँग छलफल र सुझाव लिएर काम गर्न र कमिटीले निर्वाचित जनप्रतिनिधि लाई सहयाेग गरेर अघि बढ्न समेत आग्रह गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गणेश लामा बाग्मती प्रदेश महामन्त्री कन्चन चन्द्र बादे नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति तिर्थ लामा बनेपा नगरपालिकाका मेयर शान्ति कृष्ण शाक्य लगायते आफ्नो धारणा राखेका थिए कार्यक्रम बनेपा नगर मा नेपाली कांग्रेस बाट निर्वाचित जन प्रतिनिधिहरुलाई सम्मान समेत गरिएकाे थियाे ।

प्रतिक्रिया