कोरोनाबाट एक जनाको मृत्यु, एकैदिन थप १०४ संक्रमित

काठमाडौं – थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १६३२ नमुना परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५७१ र एन्टीजेनबाट १०६१ नमुना परीक्षण गर्दा पीसीआरबाट ६३ र एन्टिजेनबाट ४१ को रिपोर्ट पोजिटिभ आएको हो। कोरोनाका कारण एक जनाको मृत्यु भएको छ।

यो अवधिमा ६० जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७९ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *