लुम्बिनीका मुख्यमन्त्रीले ११ गते विश्वासको मत लिने


दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आगामी ११ गते विश्वासको मत लिने भएका छन् । आफ्नो समर्थनमा रहेका २२ सांसदले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

उनी गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । गत चैत १२ गते माओवादी लगाएत वर्तमान गठबन्धनमा रहेका दलहरुले सरकारलार्ई दिएको समर्थन फिर्ता लिएपछि उनले एक महिनाभित्रमा विश्वासको मत लिनु पर्ने हुन्छ ।

एक महिन पुग्नु भन्दा एक दिन अगाडि बैशाख ११ मा उनले विश्वासको मत माग्ने निर्णयमा पुगेको उनका प्रेस सल्लाहकार टीका बस्नेतले जानकारी दिएका छन् । गठबन्धमा आवद्ध दलहरुले नेपाली कांग्रेस प्रदेश संसदिय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेस गरिसकेका छन् ।

प्रतिक्रिया