मेयर बालेनविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा


काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको रिट सर्वोच्च अदालतको ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपतिको कार्यालयको फोहोर नउठाउने मेयर बालेनको घोषणा गैरकानुनी भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार दायर गरेको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको थियो ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाइएको छ । आज कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासमा परेका आठवटै मुद्दा हेर्न नभ्याइने सूचीमा परेका छन् ।

प्रतिक्रिया