कोरोना भाइरस : एकैदिन थप दुईको मृत्यु, १७१ जना संक्रमित


काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिन दुई जनाको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार २९२ नमुना परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९८० र एन्टीजेनबाट १३१२ नमुना परीक्षण गर्दा पीसीआरबाट १०५ र एन्टिजेनबाट ६६ को रिपोर्ट पोजिटिभ आएको हो ।

यो अवधिमा ८५ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९७ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।

प्रतिक्रिया