बाजुरामा ३.६ रेक्टर स्केलको भूकम्प

बाजुरा – बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ ।

बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको कम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

गत माघ १० गतेपछि बाजुरामा पटक-पटक भूकम्प जाने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *