वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै लाखौं रकम ठगी गरेर फरार रहेका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुवापाखर गाउँपालिका ६ घर भइ हाल नयाँ बानेश्वर बस्ने २३ वर्षीय टिकाबहादुर भण्डारी हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले उजुरीका आधारमा खोजतलासका क्रममा भण्डारी पक्राउ परेको पुष्टि गरे।

उनका अनुसार भण्डारीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पीडित मिलन तामाङसमेत १० जनाबाट १५ लाख ठगी गरी फरार रहेका थिए।

पीडितहरूले दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले ताहाचालबाट पक्राउ गरेको हो। भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *