भीमफेदी कारागारमा कैदीको मृत्यु

हेटौंडा – मकवानपुरको भीमफेदी कारागारमा आज विहान एक जना कैदीबन्दीको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षका समिर परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

मनहरी गाउँपालिका-६ लोथर स्थायी घर भएका रहाल कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका परियार आज बिहान १०:४० बजे एक्कासी आफैं बहोस भई ढलेका थिए।

उनलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल लगिएको थियो। मध्यान्न १२ बजे परियारको मृत्यु भएको अस्पतालले जनाएको छ। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *