३ सय मिलिग्राम अफिमसहित तीनजना पक्राउ

मकवानपुर – मकवानपुर प्रहरीले लागूऔषध अफिमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुरको हेटौंडा उपमहागरपालिका–१० बसपार्कबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

३ सय मिलिग्राम अफिमसहित भारत मोतिहारी फुलबारीया बस्ने २८ वर्षीय मुकेशप्रसाद पासवान, ३० वर्षीय पिंकु शर्मा र ४५ वर्षीय कपिलदेब सहनीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो ।

हेटौंडा-१० बसपार्कस्थित रहेको रोशन होटल अगाडि रोकिराखेको बिआर ०६ सिजेट ३५०५ नम्बरको भारतीय गाडी शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट ३०० मिलिग्राम लागूऔषध अफिम जस्तो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाडीसहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *