क्रिप्टोकरेन्सी कारोबार आरोपमा ५० जना पक्राउ


काठमाडाैं – क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले ५० जनालाई पक्राउ गरेको छ ।

क्रिप्टो कारोबार गरेको आरोपमा बिहीबार ललितपुरको जावलाखेलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा केही चिनियाँ नागरिकसमेत छन् । उनीहरूले कल सेन्टर र क्रिप्टो कारोबार गरेको प्रहरीको दाबी छ । उनीहरूमाथि स्क्रिनिङ गरेर अनुसन्धान भइरहेको बोगटीले बताए । हाल क्रिप्टोकरेन्सी कारोबारविरुद्ध सीआईबीले विशेष अपरेसन चलाएको छ ।

प्रतिक्रिया