आज थप १७ जनामा कोरोना पुष्टि, ५७ जना संक्रमणमुक्त


काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको विवरणअनुसार २५७ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १६२ रहेको छ ।

साथै पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २४ जना र आईसीयूमा १२ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया