‘ए’ डिभिजन लिग : जावलाखेलमाथि खुमलटारको जित


काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई पुछारको खुमलटार एफसीले पराजित गरेको छ । एन्फा कम्प्लक्सको मैदान सातदोबाटोमा भएको खेलमा खुमलटारले जावलाखेललाई ४-२ गोलले हराएको हो ।

खुमलटारका लागि स्टेफेन समिरले ह्याट्रिक गरे भने मेसुके ओलामाउले १ गोल गरे । खुमलटारकै रोहित सुब्बाले एक आत्मघाती गोल गरे भने जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए ।

आजको जितसँगै खुमलटार १७ अङ्कसहित तालिकाको ११ औँ स्थानमा पुगेको छ । २४ अङ्क रहेको जावलाखेल शीर्ष स्थानमा कायमै छ । लिगमा अहिले हिमालयन शेर्पा र नेपाल पुलिस क्लबबीच खेल भइरहेको छ । हिमालयन शेर्पा १७ अङ्कसहित दशौँ स्थानमा र पुलिस १५ अङ्कसहित १२ औँ स्थानमा छ ।

प्रतिक्रिया