चार दिने भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड दिल्लीमा

विदेश राज्यमन्त्री लेखीद्वारा स्वागत

काठमाडौं – चार दिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिल्ली पुगेका छन् । बुधबार अपरान्ह त्यहाँ प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन्।

दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा राज्यमन्त्री लेखीले प्रधानमन्त्रीसहित नेपाली भ्रमण टोलीलाई स्वागत गरेकी हुन्। स्वागतका लागि सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो।

पुष १० गते प्रधानमन्त्री बनेका प्रचण्डको यसपटक पहिलो विदेश भ्रमण हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *