नेकपाले खोल्यो जितको खाता, रुकुम पूर्वमा प्रचण्ड विजयी
रुकुम – रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् ।
प्रचण्डले १० हजार २४० मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका नेकपा एमालेका लिलामणि गौतमले ३ हजार ४६२ मत ल्याएका छन् ।
कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै नेकपाले जितको खाता खोलेको छ ।
यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो ।
