प्रधानमन्त्री प्रचण्ड र भारतीय सुरक्षा सल्लाहकार डोभालबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता भएको छ। चार दिने भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड र डोभालबीच होटल आइसीटी मौर्यामा भेटवार्ता भएको हो।

सोही क्रममा भारतीय विदेश सचिव विनय मोहन क्‍वात्राले समेत प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन्। उनीहरूबीच नेपाल-भारतको द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसपछि प्रचण्ड नयाँ दिल्लीको बारखम्बास्थित नेपाली दूतवासमा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ।

प्रतिक्रिया