दुई घण्टाको प्रयासपछि पृथ्वीराजमार्ग सञ्चालन


तनहुँ – पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्तर्गत दमौली-डुम्रे सडक खण्ड सञ्चालनमा आएको छ । तनहुँको व्यास नगरपालिका-१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरो खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरो खसिरहेकाले पटकपटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

आज करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरा हटाएर आवागमन दुईतर्फी रुपमा सञ्चालन गरिएको उनले बताए । जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट खटिएको विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहकार्यमा पहिरा पन्छाइएको खाँणले बताए।

प्रतिक्रिया