दमकमा १ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा – झापाको दमकमा लागूऔषध ब्राउन सुगरसहित श्रीमान्-श्रीमती पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका-३ घर भई हाल दमक-१ मा डेरा गरी बस्दै आएका २७ वर्षीय राजु बुढाथोकी र उनकी श्रीमती २८ वर्षीया सम्झना विश्वकर्मा (बुढाथोकी) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

लागूऔषध ब्राउन सुगर बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा बिहीबार दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा १ ग्राम ब्राउन सुगर, डिजिटल तराजु थान १ र २ थान मोबाइल बरामद गरेको थियो।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *