यी चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना


काठमाडाैं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यस्तै मनसुनको न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार न्यून चापीय रेखा दक्षिणतर्फ रहँदा देशभर एकसाथ ठूलो पानी पर्ने सम्भावना कम हुन्छ । यसको प्रभावले कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा राति हल्कादेखि मध्यम वर्षा छ ।

बाग्मती तथा लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भने ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँका नदी खोलाहरुमा बाढी आएको छ ।

आज दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज राति ठूलो पानी पर्ने विभागको पूर्वानुमान छ ।

प्रतिक्रिया