मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा, केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौं – आज केही प्रदेशमा ठुलो वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले देशभर साधारणतया बदली रहने छ। देशका पहाडी भू-भागका केही तथा तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
