काभा महिला भलिबलमा सेमिफाइनलबाट बाहिरियो नेपाल


काठमाडाैं – माल्दिभ्समा चलिरहेको २० वर्षमुनिको काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ।

हिजो भएको खेलमा नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो । किर्गिस्तानले नेपाललाई २५-१४,२५-२२,२५-१३ ले हराउँदै फाइनलमा पुगेको छ ।

अर्को सेमिफाइनलमा आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै श्रीलङ्का फाइनल पुगेको छ । उपाधिका लागि आज राति श्रीलङ्का र किर्गिस्तान खेल्दैछन् ।

प्रतिक्रिया