एसिया कप : श्रीलङ्कासँग थाइल्यान्ड १० विकेटले पराजित

सेमिफाइनल समीकरण पनि पूरा


काठमाडाैं – एसिसी महिला टी-२० एसिया कपको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति समूह चरणको अन्तिम खेलमा घरेलु टोली श्रीलङ्काले थाइल्यान्डसँगको खेलमा १० विकेटको जित निकालेसँगै सेमिफाइनलको समीकरण सकिएको हो ।

शतप्रतिशत जितसँगै तीन खेलबाट ६ अङ्क जोडेर श्रीलङ्का समूह ‘बी’ को शीर्ष स्थानमा रही सेमिफाइनल प्रवेश गरेको छ । पराजित थाइल्यान्ड समान खेलबाट दुई अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ । यो समूहबाट बङ्गलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगिसकेको छ ।

सेमिफाइनलमा भारतले बङ्गलादेश तथा श्रीलङ्काले पाकिस्तानसँग खेल्नेछन् । सेमिफाइनलका दुवै खेल भोलि हुनेछन् । नेपाल महिला क्रिकेट टोली भने समूह चरणबाटै बाहिरिसकेको छ ।

प्रतिक्रिया