एसिया कपको फाइनल आज : उपाधिका लागि भारत र श्रीलंका खेल्दै


काठमाडाैं – एसिसी महिला क्रिकेटको उपाधिका लागि आज श्रीलंका र भारत खेल्दैछन् । दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनलमा प्रवेश गरेको थियो ।

भारत र श्रीलंकाको फाइनल भिडन्त डम्बुला मैदानमा आइतबार दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । भारत महिला एसिया कपको फाइनलमा नवौँपटक पुगेको हो । पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकटले पराजित गर्दै भारत फाइनल पुगेको हो ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै श्रीलंका फाइनलमा पुगेको हो । दुई समूहमा विभाजन गरिएका आठ टिममध्ये समूह ‘ए’ को भारत र ‘बी’ को श्रीलंकाले फाइनल खेल्न लागेका हुन् ।

आयोजक श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ । भारत उपाधि यात्रालाई निरन्तरता दिने योजनामा छ ।

प्रतिक्रिया